आईएमईआई नम्बर दर्ता नभएको मोबाइलमा सिम कार्ड नचल्ने

माघ १, २०७४ -  नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वर्षबाट नयाँ मोबाइल खरिद गर्दा अनिवार्य आईएमईआई नम्बर दर्ता गर्नुपर्ने नियम लागु गरेको छ । आईएमईआई नम्बर दर्ता नभएको मोबाइलमा सिम कार्ड नचल्ने जानकारी दिंदै प्राधिकरणले मोबाइलको अबैध कारोबार रोक्न नयाँ नियम ल्याईएको स्पष्ट पारेको छ । आईएमईआई सुरु भएको २० महिनामा १ करोड ६९ लाखले मात्र दर्ता गराएकाले प्राधिकरणले बैशाख एक गतेबाट सो नियम ल्याउन लागेको हो । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालमा प्रयोग हुने मोबाइल मध्ये १० प्रतिशत मात्र वैधबाटो भएर भित्रने गरेकाले कडाईं गर्न जरुरी रहेको बताउनुभयो । केही वर्ष अघिसम्म सो संख्या ६० प्रतिशतसम्म थियो । उहाँले नयाँ नियम लागु भएपछि नेपालमा वार्षिक भित्रने मोबाइलको संख्या यकिन हुनुका साथै मोबाइल चोरी समेत नियन्त्रण हुने दावी गर्नुभयो । प्राधिकरणले सो प्रणालीका लागि परामर्शदाता नियुक्त गरेर प्राप्त सुझावका आधारमा योजना कार्यान्वयन गर्ने अध्यक्ष झाको भनाई छ ।   स्राेत :http://radiokantipur.ekantipur.com/news/2018-01-15/20180115202623.html