जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ ।

अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयोे । सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत नगद दुई हजार रुपैयाँ  उपलब्ध गराउँदै आएको छ ।

नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पु¥याउने उहाँले बताउनुभयो । म्याङलुङ नगरपालिकामा जिल्ला अस्पताल सहित चार वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्रहरु रहेका छन् । तर जिल्ला अस्पताल र आम्बुङ स्वास्थ्य चौकीबाट मात्रै सुरक्षित प्रसुति सेवा उपलब्ध हुँदै आएको छ ।