नेपाली कांग्रेस झापा क्षेत्रनम्बर ४ ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ

 कनकाई । नेपाली कांग्रेस झापा क्षेत्रनम्बर ४ ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ ।कांग्रेसका प्रभावसाली तथा विकासप्रेमी वरिष्ठ नेता तथा झापा क्षेत्रनम्बर ४ का प्रतिनिधिसभाका उम्मेद्धार देउमान थेवेको विशेष आथित्यतामा शुक्रवार झापा क्षेत्रनम्बर ४ को साविक धरमपुर तथा हाल शिवसताक्षी नपा ३ वाटक्षेत्रबाट विभिन्न पार्टी परित्याग गरि २३१ जना दलका प्रतिनिधि तथा स्वतन्त्र व्याक्ति नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई उम्मेद्धार थेवे, प्रदेशसभा उम्मेद्धार किरण भट्टराई लगायातले अविरमाला लगाएर  पार्टी सदस्यता वितरण गरेका थिए । पार्टी प्रवेशीहरुले आफ्नो क्षेत्रमा लामो समयदेखि एमालेले चुनाव जित्दै आएपनि आफुहरुलाई सो पार्टीले दैनिक जनजिविकामा कुनै परिवर्तन आउन नसकेकाले यस निर्वाचनमा कांग्रेसमा प्रवेश गरेको वताएका थिए । उनीहरुले कांग्रेसले सवै क्षेत्र र समुदायको प्रतिनिधित्व समेत गराएको भन्दै खुसी व्याक्त गरेका थिए । प्रतिनिधिसभामा आदिवाशी जनजातिनेता देउमान थेवे, प्रतिनिधिसभामा खस आर्यका किरण भट्टराई र समानुपातिकमा आदिवाशी नेता भीम राजवंशीलाई उम्मेद्धार बनाएर सवै क्षेत्र र समुदायलाई कांग्रेसले समेटेको भनाई थियो । यसैविच शनिवारदेखि कनकाईनगरपालिका वार्डनम्बर १ बाट चुनावी अभियान सुरु गरिने नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि सम्भु खड्काले बताउँनुभयो ।