‘बाहुबली –२’ फेसबुकमा पनि पहिलो नम्बरमा !

पुस ९ –एसएस राजमौली निर्देशित चलचित्र ‘बाहुबलीः द कन्मलूजन’ ले सिनेमा उद्योगको संसारमा धैरै नै रेकर्ड कायम गरेको थियो ।

तर पनि यस चलचित्रका प्रशंसकलाई केही न केही नयाँ रेकर्डको चाहना हुने गर्दछ । यसपटक फेसबुकमा चर्चा भएका चिजमध्ये नम्बर १ मा परेको छ यो चलचित्र । सन् २०१७ मा भारतमा सबैभन्दा बढी फेसबुकमा चर्चा गरिएको कुरामा नम्बर १ मा ‘बाहुबली –२’ रहेको छ । 

फेसबुकले २०१७ मा अत्यधिक चर्चामा रहेका घटनाहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा फेसबुकमा एक दिनमा आएका घटनाहरुको विश्लेषण गरिएको छ । प्रभास अभिनित चलचित्र ‘बाहुबली –२’ यो वर्ष फेसबुकमा पनि अत्यधिक चर्चामा रहेको थियो । भारतमा मात्रै ५०० करोड रुपैयाँभन्दा बढी कमाएको यस चलचित्रका बारेमा एकै दिनमा सबैभन्दा बढी लाइक, तथा यसका बारेमा पोस्ट गरिएको थियो ।

त्यसो त चलचित्रको संवाद, ‘कटप्पाने बाहुबलीको क्यों मारा’ भन्दा बढी चर्चा केको भयो होला र ?फेसबुकको सूचिमा मनोरञ्जन र ग्ल्यामर दुनियाँसँग सम्बन्धित घटनाहरु नै शीर्ष १० मा परेका छन् । पाँचौ स्थानमा बलिउडका प्रसिद्ध अभिनेता विनोद खन्ना रहेका छन् । लामो समय बिरामी रहेका खन्नाको २४ अप्रिल मा ७१ वर्षको उमेरमा निधन भएको थियो ।

 

छैटौं स्थानमा अमेरिकी संगितकार तथा रक ब्याण्ड लिकंन पार्कका गायक चेस्टर बेनिंगटनको २० जलाईमा भएको निधनसँग सम्बन्धित घटना रहेको छ । 

त्यस्तै सातौँ स्थानमा जुनियर एनटीआरको तेलगु चलचित्र ‘जय लव कुश’ रहेको छ । त्यस्तै हालै चीनमा भएको मिस वर्ल्डको उपाधि जितेकी मानुषी छिल्लरको पनि फेसबुकमा निकै चर्चा भयो । उनी पनि सूचिमा सातौं स्थानमै रहेकी छिन् ।

त्यस्तै दक्षिण भारतमा प्रचलित गोरुको दौड अथावा जल्लीकट्टु पनि शीर्ष दश भित्र परेको छ ।

त्यस्तै भारत–पाकिस्तानबीचको क्रिकेट म्याच र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सूचिमा अटाएका छन् ।

स्राेत :http://ujyaaloonline.com/news/90451/bahubali-2/