निर्माणाधीन मध्यपहाडी लोकमार्गमा इस्काबेटर दुर्घटना, सहचालक घाइते

आठराई, तेह्रथुम, १८ पुस। निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको आठराई सडक खण्डमा गयराति इस्काबेटर (डोजर) दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी इस्काबेटरका सहचालक सल्यान जिल्लाको मिगुवा गाउँपालिकाका २१ वर्षीय मोतीलाल बुढा मगर घाइते भएको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी नायव निरीक्षक देवराज काफ्लेले बताउनु भयो ।

आठराई गाउँपालिका–४ ईवा खण्डमा लोकमार्ग चौडा गर्ने क्रममा सोमबार राती ८ बजे सिंह एण्ड ब्रदर कम्पनीको बा.२ क ४३०८ को इस्काबेटर दुर्घटना भएको हो । घाइते बुढामगरको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।