युएईको नेपाली दूतावासले रिक्त पदपूर्तिको सूचना वेवसाइटमा राखेन

पुस २६ – नेपाली दूतावास आबुधाबीले रिक्त पदपूर्तिका लागि कर्मचारी मागबारेको सूचना वेवसाइट र सामाजिक सन्जालमा राखेको छैन । 

कार्यालय सहयोगी आवश्यक परेको सूचना दूतावासले पुस १६ गते जारी गरेको थियो । सूचना दूतावासकै सूचना पाटीको छेउमा मात्रै टाँसिएको छ । कुटनीतिक नियुक्ति पाएर आउने अधिकारीको स्वागतदेखी बिदाईका गतिविधि राख्ने दूतावासले यसपटक वेवसाइट र फेसबुक पेजमा सूचना राखेको छैन । 

कार्यकाल सकेर नेपाल फर्कन लागेका उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले आफ्ना मान्छे राख्न खोजेको भन्दै यहाँ कार्यरत कामदारले टिप्पणी गर्न थालेका छन् । टन्डन माघ पहिलो हप्ता नेपाल फर्कदै हुनुहुन्छ । यसबारे उहाँसँग बुझ्न टेलिफोन प्रयास गरेपनि सम्पर्क हुन सकेन  

दूतावास स्थापना भएदेखि कार्यरत चितवनका रामशरण भण्डारीले काम छोडेर नेपाल फर्किएपछि रिक्त पदपूर्तिका लागि आवेदन गरेको दूतावासका प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो । 

दिनहुँ ५० भन्दा धेरैजना सेवाग्राही दूतावासमै आउने भएकाले सूचना दूतावासको सूचना पाटीमा मात्रै राखिएको अर्यालले बताउनुभयो । उहाँका अनुसार १५ जनवरीसम्म आवेदन खुल्ला गरिएको छ । स्राेत :http://ujyaaloonline.com/desh-paradesh/featured/91441/uaeembassy/