सामसुङको ग्यालेक्सी ‘एएट प्लस’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं,  – नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्डका रुपमा स्थापीत सामसुङले ग्यालेक्सी ‘एएट प्लस’ बजारमा ल्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषता भएको स्मार्टफोन नेपाली बजारमा आएको हो । 

सामसुङले उपभोक्ताहरुका चाहना एवम् आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रीत रहेको छ । आइ एम बिज सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भन्नुभयो, ‘यसै सिलसिलामा ग्यालेक्सी ‘एएट प्लस’ स्मार्टफोन प्रस्तुत गरेका छौं, यसमा भएको इन्फिनिटी डिस्प्ले तथा लाइभ फोकसका साथ डुयल क्यामरा युक्त ग्योलेक्सी फोनमा यस अघि अन्य फोनमा नभएका विशेषता र खास सुविधाहरु छन् ।’  

के के छन् विशेषता ? 

ग्यालेक्सी ‘एएट प्लस’ मा ६ जिबी ¥याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरुले ग्योलेक्सी एएटप्लस फोन अझ बढी आकर्षक एवम् अझ बढी चलाउन सहज छ । 

ग्यालेक्सी ‘एएट प्लस’ फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त हुने बताइएको छ । 

सामसङ ग्यालेक्सीको ‘एएट प्लस’ मा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुयल क्यामराले गर्दा आफले चाहेको जस्तो सेल्फी खिच्न सकिन्छ । यो सुविधाले गर्दा व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिन्छ । यसमा भएको लाईभ फोकसको विशेषताले गर्दा फोटो खिच्नु अघि वा खिचिसके पछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ । १६ मेगा पिक्सल एफ १.७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ । 
ग्यालेक्सी ‘एएट प्लस’ मा फोनलाई अनलक नै नगरी मोवाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो ‘आइपीसिक्सएट’बाट प्रमाणित छ । यो फोन धुलो तथा पानी प्रतिरोधि बनेको छ । सामसुङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी ‘एएट प्लस’ कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ । यसको नेपाली मूल्य ५९,९९० तोकिएको छ ।