तमोर नदिको पक्की पुलमा ठेकेदारको चरम लापरभाही । कमसल सामाग्रीको प्रयोग गरेको भन्दै स्थानिय द्धारा छानविनको माग ।

रमेश थापा यासोक ÷पाँचथर माघ १५ गते पाँचथरको कुम्मायक गाउँपालिका हुदै तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने तमोर नदिमा निर्माणधीन पक्कि पुलमा ठेकेदारको चरम लापरबाही देखिएको छ । सड्क डिविजन कार्यालयले २०६९ सालमा स्वच्छन्द निर्माण सेवा प्रालिलाई ठेक्का दिएको थियो । ठेक्का सम्झौता भए पछि निर्माण कम्पनीले आयोजनाको काम अघि बढाएको थियो । कुल १३ करोडको लगानीमा निर्माणको काम अघि बढाएको निर्माण कम्पनीले बिभिन्न बाहान बाजी गर्दै योजनाको कामलाई पछि धकेल्दै आएको छ ।
पटक पटक म्याद थपेर आयोजनाको कामलाई सुस्त बनाएको निर्माण कम्पनीले प्राबिधिक स्टमेट बिपरित काम गर्दै आए पनि अनुगमन गर्ने निकाय बेखवर जस्तै भएको छ । निर्माणको काममा मारुती सिमेन्ट लगाउँनु पर्ने ठाउँमा अर्गाखाँची सिमेन्ट लगाएको छ । भने आवश्यक मात्रमा बालुवा, गिटि र सिमेन्टको मात्रा नपु¥याईकन पुलको ढलान गर्दै आएको स्थानियहरुले बताएका छन । ढलान गरेको पुलमा माटो सरिको बालुवा प्रयोग गरिएको छ । त्यसमा पनि ढलान गरेको आसपासमा रडहरु प्रस्ट संग देखिन्छ । ढलान गरेको पुलमा जसरी क्युरिङ गरिन्छ त्यसरी गरेको पाईदैन भने पानीको प्रयोग सम्म नगरेको स्थानिय याम बहादुर बुढाथोकीले बताउनुभयो । उनले भने । ढलान गर्ने समयमा ढलानमा प्रयोग गरीेने डायल मेसिनको प्रयोग नै नगरी हातैले ढलान गरेको बताउनुभयो । रातारात सिमेन्ट परिवर्तन गरेर ठेकेदारले पुल ढलान गर्दा  समेत अनुगमन गर्ने निकायहरु च्ुाप बसेका छन । यस्तो अबस्थामा हामीले कसरी पुलको काम राम्रो भएको छ भन्ने ? बुढाथोकीले भन्नुभयो । 
पहिलो ठेक्का सम्झैता अनुसार २०६९ साल देखी २०७२ साउन २६ गते सम्ममा पुरा गर्नु पर्ने हुन्थ्यो  । तर सो समय अवधिमा ४ वटा पिलर मात्रै उठाएको थियो । निर्माण कम्पनीले नाका बन्दि र बाढी पहिरोको कारण देखाउँदै आयोजनाको कामलाई पुनः दोस्रो पटक म्याद थप गरी २०७३ साल बैसाख २६ गते बाट काम गर्दै आएको छ । आयोजनाको बिषयमा सुचना पाटी समेत नराखेको निर्माण कम्पनीले खतराको सङ्केत निर्माण आसपासमा नराख्दा स्थानियहरुले अकालमै ज्यान समेत गुमाएका छन ।  १४९ मिटर लामो पक्की पुलमा पछिल्लो समयमा सन्तोश जनक काम भए पनि गुणस्तरहीन काम भईरहेको स्थानिय आरोप छ ।  
यता अनुगमन गर्ने जिम्मा पाएको डिविजन कार्याल धनकुटाले पनि प्रभावकारी अनुगमन गर्दै आएको बताएको छ । तर आयोजनाको बिबरण निर्माण स्थलमा खुलाएको या नखुलाएको प्रति सुईको समेत नपाएको कार्यालयले   अनुगमन गर्न पटक पटक निर्माण स्थलमा पुगेका कुरा गर्न भने छुटाएको छैन , । अहिले सम्म लापरभाही भएको भेटीएको छैन कार्यालयका इन्जिनियर अनुप साउदेन दावी गर्दै भने । बालुवा र सिमेन्टको ल्याव टेस्ट गरेर मात्र निर्माण कम्पनीले काम गरेको हो । सावदेनले भने सिमेन्टको हकमा पनि कार्यालयमा ल्याब टेस्ट  गराएर मात्र मारुती सिमेन्टको ठाउँमा अगाखाची सिमेन्ट प्रयोग गरेको हो । उनले भने ।
३ बर्षमा पुरा गर्नु पर्ने पुल निर्माणको काम ६ बर्ष पुग्न लाग्दा समेत अधुरै छ । दोस्रो पटक थपिएको म्यादमा समेत निर्माण कम्पनीले आयोजनाको काम सम्पन्न नगरे हर्जना बुझाउनु पर्ने हुन्छ । पाँचथर र तेह्रथुम जिल्लालाई ब्यापारीक केन्द्र्रको रुपमा छोटो दुरीमा जोड्ने उक्त पुल समयमै निर्माण भए दुई जिल्लाको ब्यापार ब्याबसाय बढेर जाने कुम्मायक गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताए । पुल निर्माणको कामको बिषयमा दुबै जिल्लाका जनप्रतिनिधिहरुले चासो दिनु पर्ने आवश्यक छ । उनले भने अब चाडै नै यो बिषयमा गाउँपालिकाले चासो दिएर अघि बढ्ने छ । चेम्जोङले भने । 
पाँचथरको कुम्मायक गाउँपालिका र तुम्बेवा गाउँपालिकामा उत्पादन भएका खाध्यन बेच बिखन गर्नका लागी स्थानियहरु सोही स्थानमा मै रहेको जीर्ण झोलुङ्गे पुल बाटै तेह्रथुमको हटीया भर्न पुग्ने गरेका छन । दुवै जिल्लाको वारी पारी सवारी साधनहरु आवतजावत गर्ने गर्दछ । तर समय मै पुल निर्माण नहुनु र भईरहेको काम पनि गुणस्तरहीन हुनुले स्थानियहरु चिन्तित समेत भएका छन ।