होटल एसोशिएसन नेपालको १४ औं क्षेत्रीय कमिटी गठन

मोहन वान्तवा,धनकुटा, माघ २० होटल एशोसिएसन नेपालले आफ्नो १४ औं क्षेत्रीय कमिटीको रुपमा धनकुटामा विस्तार गरेको छ । एशोशियसनले शुक्रवार गरेको धनकुटा च्याप्टरको प्रथम भेला गरेर २०५५ सालबाट सन्चालनमा रहेको होटल एशोशियसन धनकुटालाई बिघटन गरेर तदर्थ समिति गठन गरेको हो ।प्रथम भेलाबाट शसोसियसनका पूर्व अध्यक्ष खगेन्द्र बिष्ट अध्यक्ष रहनेगरी १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।सो अबसरमा संघका केन्द्रिय अध्यक्ष अमरमान शाक्यले संघमा आवद्ध भएपछि अब धनकुटा र काठमाण्डौ होटलहरु बीच पर्यटकहरुको आवागमनमा सहकार्य हुने बताएका छन ।शाक्यले एशोसियसनको बिधान अनुसार क्षेत्र गठन गर्नुपर्ने एकोले हाल धनकुटालाई क्षेत्रीय समिति गठन गरेपनि अब छिट्टै बिद्यान संशोधन गरेर जिल्ला समितिहरु पनि गठन गरिने बताएका छन  ।नव गठित क्षेत्रीय कमिटीका अन्य पदाधीकारीहरुमा भूषण श्रेष्ठ बरिष्ठ, उपाध्यक्ष हर्कबहादुर राई, उपाध्यक्ष,जयमणि भिमिरे सचिव,प्रकाश श्रेष्ठ सह–सचिव र डम्बरराज काफ्ले कोषाध्यक्ष रहेका छन् ।त्यस्तै सदस्यहरुमा देवीमायाँ श्रेष्ठ, चन्द्रकला भिमिरे, मोहन बान्तवा राई, सिताराम राई, अशोक राई, दिनेश राई र  सिता खड्का रहेका छन् ।सुरेश भट्टराई संयोजक तथा चन्द्र बिष्ट र दिनेश श्रेष्ठ सदस्य रहने गठन भएको यस समितिले आगामी पहिलो बैठकबाट पहिलो अधिवेशनको मिति तय गर्ने जानकारीे दिएको छ ।