घरभित्रको घुँवा मुक्त तथा पुर्ण सरसफाई उन्मुख वडाको घोषणको लागी सचेतना कार्यक्रम सम्पन्न

प्रकाश पाक्साँवा
तेह्रथुम, २२ माघ । घरभित्रको घुँवा मुक्त तथा पुर्ण सरसफाई उन्मुख वडाको घोषणको लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको छथर गाउँपालिका २ हमरजुङलाई घरभित्रको घुँवा मुक्त तथा पुर्ण सरसफाई उन्मुख वडाको घोषणको लागी तयारी अन्तरगत छथरको सुक्रबारे बजारमा आज गाउँपालिका अध्यक्ष सन्तोष तिगेला सहितको टोली सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

प्लेकार्ड सहित वडा कार्यालयबाट निस्केको टोलीले बजारको आहालडाँडा चौक,बिच बजार सिरान बजार,सरस्वती बिद्यालय क्षेत्र गाउँपालिका लगायतको स्थानमा र्‍याली सहित बजार परीक्रममा गरी सचेतना कार्यक्रम सम्पन्न भएको वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीका अध्यक्ष कुल बहादुर कार्कीले बताउनु भयो । टोलीले बजार क्षेत्रका साथै वडामा निमार्ण हुुन बाँकी चुला निमार्णका साथै सरसफाई सम्बन्धी सचेतना स्थानीयहरुलाई गराएको थियो । टोलीमा गाउँपलिकाका प्रमुख सहित वडा अध्यक्ष लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

वडालाई यही माघ २९ गते सोमबारका दिन घोषण गर्ने तयारी भई रहेको समितीले जनाएको छ । कार्यक्रमलाई ग्रामिण खानेपानी तथा सरसफाई बिकास कोष नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमको ब्याबश्थापनमा सञ्चालन भई रहेको सोसाईटीका सामाजिक परिचालक शमिर लिम्बुले बताउनु भयो । कार्यक्रम वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीके आयोजनामा सम्पन्न भएका थियो ।