नविन भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक

काठमाडौं, चैत ५ – नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नविन के भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक भएको छ । जेशिका कंडेलको शब्द रहेको गीतमा संगीत नबिन भट्टराईकै छ । 

https://www.youtube.com/watch?v=zmxhTXUr9wc

यो गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् । अस्ट्रेलियामा छायांकन भएको गीतको भिडियोमा प्रकृति श्रेष्ठ र निर्देशकसमेत रहेका किशोर कंडेलले अभिनय गरेका छन् भने भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । 

सांगीतिक यात्रामा धेरै व्यस्त हुँदा नयाँ गीत सार्वजनिक गर्न नपाएको भन्दै गायक भट्टराईले आफ्नो नयाँ गीति सग्रह अब केहि दिन मै निकाल्ने तयारी भैरहेको पनि बताए ।