पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित

चैत ५ – भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । पुटिन ७६ प्रतिशत भन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए । पुटिनले अब ६ वर्ष रुसको नेतृत्व गर्नुेछन् । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ । जित निश्चित भएसँगै सुरु भएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिनुभएको छ । 

उहाँको कार्यकाल ६ वर्षको हुनेछ । पछिल्ला वर्षमा पुटिनको लोकप्रियता र शक्ति विश्वभर नै बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।