अोयाक्जुङ स्वास्थ्य चौकीको सामाजिक परीक्षण

तेह्रथुम । फेदाप गाउँपालिका–२ मा रहेको ओयाक्जुङ स्वास्थ्य चौकीको विहीबार सामाजिक  परीक्षण गरिएको छ । कार्यक्रममा सहभागीले स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निरन्तर सन्चालनमा रहेपनि थप भौतिक पुर्वाधारको खाँचो भएको बताएका छन् । सहभागीले स्वास्थ्य चौकीले गतवर्ष बनाएका योजनाहरु कार्यान्वयनको अवस्था, चुनौती र आगामी दिनमा बनाइनुपर्ने योजनाहरुको विषयमा समेत प्रश्न र जिज्ञासाहरु राखेका थिए । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमको सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले गरेको कार्यक्रममा सहभागीलाई सहजकर्ता डम्बर बाँस्कोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । संवृद्ध तेह्रथुमका लागि अभियानले जिल्लाका १५ वटा गाउँमा रहेका स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक लक्ष्मी नारायण मिश्रले बताउनुभयो ।