धनकुटामा मतदाता शिक्षाको कमीले मत बदर भएपछि  कांग्रेस पराजित

धनकुट २२ असार,  धनकुटा नगरपालिकाको सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदातहरुले अत्यधिक रुपमा भोट दिदा दिदै पनि मतदाता शिक्षाको कमीको कारण  उल्लेखनीय संख्यामा मत बदर भएको कारण नेपाली कांग्रेले झिनो मतले पराजित हुनु परेको आज धनकुटामा आयोजित समक्षिा कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेताहरुले  निष्र्कष निकालेका छन ।
 स्थानीय तहको असार १४ गते सम्पन्न निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसलाई मतदाताहरुले अत्यधिक मात्रमा  मत दिदा दिदै पनि मतदाता शिक्षाको कमीका कारण  १ हजार २७ वटा प्रमुखको मत दुई वटा पार्टीको चुनाव चिन्ह्मा मत दिएको कारण बदर भएकोले नेपाली कांग्रेसले पराजित हुनु परेको नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई लगायत पार्टीका नेता तथा उम्मेदवारहरुले  वताउनु भयो ।
    उहाहरुले  निर्वाचनको क्रममा धनकुटा नगरमा पार्टीको पक्षमा जनहर सिर्जना भएता पनि मतदाता शिक्षाको कमीले दुई वटा चुनाव चिन्ह्मा मेयरमा मत दिएर मत बदर हुनु र पार्टीको आन्तरीक कारणले पनि धनकुटा नगरमा  मतदाताहरुले मत दिदा दिदै पनि कांग्रेस पराजित हुनुको कारण निष्र्कष निकालिएको वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका नगर समितिका सभापति रोशन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा नगर समितिका उपसभापति मिलन खड्की,वडा सभापतिहरु र उम्मेदवारहरुले निर्वाचन सम्वन्धि विषयमा प्रस्तुत गर्नु भएको थियो ।
     धनकुटा नगरका १० वटै वडा समितिहरुले समिक्षा गरी निर्वाचनको क्रममा  पार्टी भित्र भएको घात अन्र्तघात विषयमा समेत छलफल गरी अन्र्तघात गर्नेहरुलाई कारवाहीको सिफारिस गर्नका लागि समेत निर्देशन दिएकोएले असहयोग गर्ने र अन्र्तघात गर्नेहरुलाई सिफारिस भै आएपछि कारवाही गरिने समेत नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
 आगामी दिनमा निर्वाचनमा असहयोग गर्ने र अन्र्तघात गर्नेहरुलाई कारवाही गर्दै पार्टीलाई सुदृढीकरण गर्दे शसक्त बनाउदै संगठन विस्तार गर्ने र निर्वाचनका लागी मतदाता शिक्षा समेत अभियानको रुपमा संचालन गर्ने नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।