तेह्रथुममा सडक डिभिजन कार्यालय धनकुटाको गाडी दुर्घटना  इन्जिनियर श्रेष्ठसहित ३ जना घाइते

तेह्रथुम, २३ असार । तेह्रथुमको म्याङलुङमा सडक डिभिजन कार्यालयको गाडी दुर्घटनामा परेको छ । डिभिजनका इन्जिनियर सचिन श्रेष्ठ सहित तीन घाइते   भएका छन् । म्याङलुङ देखि हलिमेला तर्फ जाँदै गरेको डिभिजन कार्यालयको को १ ज १८७ नं.को गाडी साब्लामा दुर्घटना हुँदा चालक ३३ वर्षे उपेन्द्र यादवको हात र खुट्टामा चोट लागेको छ । 
इन्जिनियर श्रेष्ठ र ज्ञानेन्द्र राई सामान्य घाइते छन् । घाइते तीन नै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी प्रमुख डिएसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । 
गाडी विहान साढे ११ बजे दुर्घटनामा परेको हो । हिलाम्मे सडक भएकाले चिप्लिएर अनियन्त्रित भई गाडी सडकबाट करिब पाँच मिटर तल खसेको डिएसपी ढकालले बताउनुभयो ।