नेपाल आइडलबाट फुर्सद पाएकी विद्याको ‘हेल्लो हाई’ (भिडियोसहित)

श्रावण ७, २०७४- नेपाल आइडलमा टप १८ सम्मको यात्रा पूरा गरेर विश्राम पाएकी विद्या तिवारी नयाँ गीतसहित सांगीतिक क्षेत्रमा पुन: होमिएकी छन् । ‘हेल्लो हाई’ गीतमा उनी गायक गिरीष खतिवडासहित उपस्थित भएकी छन् ।

गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा अभिनेत्री एवं मोडल प्रियंका कार्की र दीपेन्द्र शाही ठकुरीलाई देख्न सकिन्छ ।

‘डान्सिङ कमर्सियल’ गीतकोरुपमा तयार पारिएको म्यूजिक भिडियोको निर्देशन दीपेन्द्रले नै गरेका छन् भने छायांकन देवराज गुरुङको रहेको छ । गीतमा सहदेव ढुंगानाको शब्द र शिखर सन्तोषको संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=PqftiRJGbnw