तक्मेलाई तक्मा

श्रावण ११, २०७४- तक्मे बूढाको उपनामले बढी चिनिएका हास्यकलाकार विल्सनविक्रम राईलाई मंगलबार एसपी वीरेन्द्रविक्रम लिम्बूले आफूले प्राप्त गरेको तक्मा सम्मान स्वरूप प्रदान गरेका छन्। वीरेन्द्र झन्डै २६ वर्ष सिंगापुर पुलिसमा सेवा गरी निवृत्त भएका हुन्। 

यसअघि पनि विल्सनलाई यूके आर्मीमा कार्यरत क्याप्टेन काजीमान लिम्बूले आफूलाई प्राप्त मिलिटरी क्रस अर्पण गरेका थिए। कार्यक्रममा अभिनेता सुनील थापा, जितु नेपाल, गौरव पहारी, अनुराग कुँवरलगायतको उपस्थिति थियो।
http://kantipur.ekantipur.com/news/2017-07-26/20170726083106.html