सुरु भयो याक्थुङ ख्याली प्रतियोगिता , ९ बर्षे वालिका पनि सहभागी ।।

साउन - ३ , तेह्रथुम 

अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ साउन १ गतेदेखी सुरु भएकोछ । लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगितामा उत्साहजनक सहभागिता रहन थालेको छ । 

लोपउन्मुख रुपमा रहेको लिम्बु जातीको कला ख्यालीको पुर्नजागरण गर्ने अभिप्रायले सिसेक्वा तङनाम अर्थात साउने सक्रान्तीको अवशर पारेर सुरु गरिएको  प्रतियोगितामा हालसम्म दुई दर्जन बढिले नाम टिपाईसकेको र साउन २ गते सम्म तीनजनाको ख्याली समावेश गरिसकीएको आयोजक समितीका संयोजक टीआर सेनेहाङले बताउनुभयो । उहाका अनुसार प्रतियोगीहरुको ‘ख्याली’ भिडियो कन्चनजंघा अनलाईको फेसबुक पेज र गाँउबेशी युट्युब च्यानलमा अप्लोड गर्न थालिएको छ ।

ख्याली प्रतियोगितामा मा ताप्लेजुङ निवासी ९ बर्षिय वालिकाले समेत सहभागिता जनाउनुभएको प्रतियोगिताका व्यावस्थापक होम पारघरीले बताउनुभयो । फुङलिङ–९ हाङदेवा  निवासी ९ बर्षिय नियाराफुङ मादेनले याक्थुङ ख्यालीमा सहभागिता जनाउनु भएको हो । ५ कक्षामा अध्यनरत वालिकाको सहभागिता प्रति सामाजिक संजालमा बिभिन्न टिका टिप्पणीको साथमा बधाई दिनेहरुको ओहिरो लागेको छ । 

ख्याली प्रतियोगिताको प्रथम,द्धितिय,तृतिय र सान्त्वनालाई क्रमशः ३० हजार,२० हजार,१० हजार र ५-५ हजार प्रदान गरिने आयोजकले तयारी गरेपनि पुरस्कारको राशी वृद्धी गर्न सरोकारवालाहरुले सुझाव दिएकाले पुरस्कारको राशी बढाउने तयारी रहेको आयोजक समितीका सह–संयोजक प्रकाश पाक्साँवाले जानकारी दिनुभयो । 

ख्याली प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच तेह्रथुमको चोःलुङ पार्कमा चासोक तङनामको अवसरमा समापन हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताउनुभयो ।