नेपाली कांग्रेसको प्रदेश १ मा पदाधिकारीमा २० जनाको उमेद्धारी

नेपाली काङ्ग्रेस प्रदेश १ को अधिवेशनमा ९ पदाधिकारीका लागि २० जनाले मनोनयन दर्ता गरेका छन् ।

शुक्रबार २० जनाले मनोनयन दर्ता गराएका हुन् ।  नेपाली काङ्ग्रेस  प्रदेश १ सभापतिका लागि संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पइाबाट उद्धव थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन समितिका उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । उपसभापति दुई जना रहने व्यवस्था छ । संस्थापन इतर पक्षबाट  गोविन्द ढुंगाना र विश्वनाथ रिजालले उम्मेद्वारी दिएका छन् । संस्थापन पक्षबाट टंक राई, र रमेशजंग रायमाझीले उम्मेदवारी दर्ता गरेका छन् । 

२ जना महामन्त्रीका लागि ४ जनाको उम्मेदवारी परेको छ । संस्थापन इतर पक्षबाट संखुवासभाका दिपेन श्रेष्ठ र सुनसरीका उमेश थापाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिर्ता गरेका छन् । दुई महिला र दुई खुल्ला गरि ४ जना सहमहामन्त्रीका लागि मोरङबाट प्रमिला गच्छदार, मानबहादुर लिम्बु  विनोदकुमार बस्नेत, खड्गबहादुर फागोले उम्मेद्वारी दिएका छन् ।

सहमहामन्त्रीमा  झापाबाट रोहितकुमार साह, धनकुटाबाट इन्दिरा थापा र सुभाषचन्द्र राई, सीता कार्की, विरकाजी राईले उम्मेदवारी दिएका छन् ।  शनिबार निर्वाचन हुनेछ । समितिका अनुसार निर्वाचनमा कुल १ हजार ७ सय ७० जनाले मतदाताले सहभागीता जनाउन पाउनेछन् । प्रदेशमा १ हजार १४ प्रदेश महाधिवेशन प्रतिनिधि तथा ७ सय ५६ केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू मतदाता रहनेछन् ।

प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारुतर्फ महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १ सदस्य पदका लागि निर्वाचित हुनेछन् ।