धरानको मेयरमा एमाले बाट११ जनाको नाम सिफारिस

नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर(प्रमुख)को उम्मेदवार छनाेटका लागि ११ जनाको नाम सिफारिस गरेको छ । नगर कमिटीको बैठकमा सहमति नजुटेपछि उपमेयर मञ्जु भण्डारीसहित ११ जनाको नाम सिफारिस गरेको हो ।

एमाले नगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार उम्मेदवारको नाम टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरिएको हाे ।

आइतबार बसेको बैठकले मेयरमा वर्तमान उपमेयर  मञ्जु भण्डारी सुवेदी, पूर्व मेयर मनोज मेन्याङ्बो, बिजय राई, रमेश बस्नेत, मोतिराज सुनुवार, किशोर कुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तिर्थ मास्केको नाम सिफारिस गरेको हो । 

बैठकले उपमेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा  शुशीला पहाडी, लहरुमाया जिमी, पदम इस्बो लिम्बू, इन्द्रकला राई, सबिता चाम्लिङ राई र  लिला राईको नाम सिफारिस गरेको हो ।