स्वास्थ्य निर्देशनालयको पत्रकार अन्तरक्रिया तथा वार्षिक समिक्ष कार्यक्रम सम्पन्न

स्वास्थ्य निर्देशनालाय प्रदेश नं १ ले  आफ्नो वार्षिक कार्यक्रम एक समारोहका साथ अन्तर क्रियात्मक रुपमा प्रदेशका पत्रकारसँग बुधवार सार्वजनिक गरेको छ ।

उक्त अवसरमा प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले केही रोगहरुको उपचारमा प्रदेश सरकारले सहायत प्रदान गर्ने गरेको हिमाल पहाड तराइ सवै क्षेत्रमा यातायात सहज भए मात्र स्वास्थ्यको सहज पहुच पुराउन सकिने भएकाले त्यस तर्फ प्रदेश सरकार लागि परेको वताउनु भएको थियो । त्यस्तै सवै वर्थिङ्ग सेन्टरलाइ सुविधा सम्पन्न वनाउन समेत सरकार लागेको वताउनु भएको थियो ।

कार्यक्रममा पत्रकारलाई लेखनवृति स्वास्थ्य मन्त्रालयले ल्याउनु पर्ने जसकामाध्यमले स्वास्थ्यका क्षेत्रमा पत्रकारहरु लाग्ने र सो कार्यले सरकारको स्वास्थ्य क्षेत्रमा के भइ रहेको छ भन्ने विषयमा सवैलाइ जानकारी हुने । अन्यक्षेत्रको तुलनामा स्वास्थ्य सम्वेदन शिल भएको डाक्टरहरु पत्रकार सँग नियमित छलफल र अन्तरकृयामा वसिदिनु पर्ने । कतिपय सरकारी अस्पतालमा समेत निजी फार्मेसी भएको तर्फ पत्रकारहरुले ध्यानाकर्षण गराएका थिए ।

उक्त अवसरमा स्वस्थ्यका क्षेत्रमा प्रदेशको अवस्था के कस्तो छ भन्ने वारेमा समेत छलफल भएको थियो ।प्रदेश स्तरिय स्वास्थ्य पत्रकार मंच तदर्थ समिति समेत गठन भएको थियो ।

कार्यक्रममा स्वास्थ्य सचिव अर्जुन भट्चन पत्रकारहरुले उठाएका विषयमा प्रष्ठ पार्नु भएको थियो । सो कार्यक्रम स्वास्थ्य  निर्देशक ज्ञानवहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।