मुख्य मन्त्रि सँग जनता कार्यक्रको रुपैयाँ संचार माध्यमले नपाउने

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलले जनतासँग मुख्य मन्त्री रेडियो तथा टेलिभिजन कार्यक्रमको गत वर्ष प्रसारित कार्यक्रमको रुपयाँ नदिने भएको छ ।

विहिवार विराटनगरमा उक्त कार्यक्रम सम्वन्धि पृष्ठपोषण कार्यक्रममा रुपैया दिन नसकिने जानकारी हाल संचार मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी पर्यटन मन्त्री खिनु लुङ्गवाले वताउनु भयो । । मन्त्री लुङ्गवाले अव को आर्थिक वर्षमा के कसरी जान सकिन्छ सो वारे तपाइहरुले थप राय सुझव दिनुहोला गत वर्षको भने सम्झौता नभएकोले दिन नसकिने वताउनु भएको थियो । गत वर्ष श्रावण देखि कार्तिक १५ गते सम्म १ नम्वर प्रदेशका प्राय सवै रेडियो तथा टेलिभिजनले उक्त कार्यक्रम पाक्षिक रुपमा प्रसारण गरेका थिए

सो कार्यक्रममा सहभागिले सरकारले उक्त रुपैयाँ दिनु पर्ने माग गरेका थिए ।सम्झौताका नाममा अड्काएर संचार गृहलाइ सरकारले अन्न्या गर्न नहुने माग गरेका थिए । कार्यक्रममा संचार गृहले श्रमजीवि पत्रकारलाइ रुपैयाँ दिएन भन्नेगुनासो आइ रहेका वेला राज्यले समेत संचार गृहमाथि अन्न्य गर्न नहुने पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्व घिमिरेले वताउनु भयो  ।

कार्यक्रममा मोरङ्ग,सुनसरी, झापा, धनकुटा, उदयपुर तथा तेह्रथुमका पत्रकार तथा रेडियो टेलिभिजन संचालकहरुको उपस्थिति रहेको थियो भने प्रेस चौतारि निकट पत्रकारले भने सो कार्यक्रम वहिस्कार गरेका थिए ।